Monday, October 28, 2024

अष्ट्रेलियामा अड्किएका नेपालीका लागि जुलाई ३० मा चार्टर्ड उडान

काठमाडौ, साउन ११ (हाकाहाकी)– कोरोना महामारीका कारण अस्ट्रेलियामा अड्किएका बाँकी यात्रुहरूका लागि आगामी जुलाई ३० तारिखमा सिड्नीबाट काठमाडौँ चार्टर्ड उडान हुने भएको छ ।

मालिन्डो एयरलाइन्समार्फत् हुने यो चार्टर्ड उडानमा एक सय ६० सिटक्षमता रहेको छ जसमध्ये एक सय ४८ जना ‘इकोनोमी’ तथा १२ वटा ‘बिजनेस’ क्लास सिट रहेको एनआरएनए अस्ट्रेलियाले जनाएको छ ।

यो एयरलाइसन्को इकोनोमीतर्फ एक हजार एक सय २० अमेरिकी डलर तथा बिजनेस क्लासतर्फ एक हजार छ सय अमेरिकी डलर भाडा तोकिएको छ ।

यसअघि नेपाल फर्कनका लागि करिब तीन सय ५० जनाको आवेदन दिएर टिकटको शुल्क बुझाइसकेका छन्। तीमध्ये पहिला पैसा बुझाउनेलाई र अत्यन्त जरूरी अनि सहानुभूतिपूर्ण अवस्थाका आधारमा यात्रुको छनोट गरिने पनि एनआरएनए अस्ट्रेलियाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार