Monday, October 28, 2024

बाग्लुङको सुख्खा पहिरोमा २ जना बेपत्ता

काठमाडौ, साउन ११ (हाकाहाकी)– बागलुङको रामरेखा सामुदायिक वनक्षेत्रमा गएको सुख्खा पहिरोले स्काभेटर पुरिँदा २ जना बेपत्ता भएका छन् ।

गएराति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्रयाक्टर चालक रोशन नेपाली बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिनुभएको छ ।

पहिरोमा पुरिएको स्काभेटरका चालक मात्र सम्पर्कमा आएका छन्। रातको समयमा ढुंगा ओसार्न गएका भनिएका ट्याक्टर चालक निर्मल पुन मगर र टिप्पर चालक रोशन नेपाली अझै फेला पर्न सकेको छैन ।

बागलुङ पोखरा राजमार्गको गणेश घुम्तीदेखि निरहे घाट जाने बाटोको बीचमा खसेको पहिरोमा स्काभेटर, ट्याक्टर र टिप्पर पुरेको छ ।

उनीहरूको मोबाइलमा फोन लागेको, तर नउठाएकाले पहिरोमै पुरिएको हुनसक्ने आशंका गरिएको छ। लगातार पहिरो खसिरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ। रातको समयमा ढुंगा ओसार्न लगिएका सवारीसाधन बागलुङका स्थानीय ठेकेदार विमलेश आचार्यको रहेको स्थानीयले बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार