Monday, October 28, 2024

लकडाउनले विश्वमा ध्वनी प्रदुषणमा ५० प्रतिशत कमी

काठमाडौ, साउन ११ (हाकाहाकी)– विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भारसको संक्रमण कम गर्न गरीएको लकडाउनको कारण विश्वमा ५० प्रतिशतले ध्वनी प्रदुषण कमी आएको छ ।

लकडाउनको समयमा मानिसहरुको चहलपहल कम हुनुका साथै औद्योगिक कलकारखाना बन्द भएका कारण ध्वनी प्रदुषणमा कमी आएको एक अध्ययनले देखाएको छ ।

बेल्जीयमस्थित रोयल अब्जरभेटरीको अगुवाइमा भएको अध्ययनमा ७० भन्दा बढी वैज्ञानिकहरुको सहभागिता रहेको थियो । लकडाउनको अवधिमा विश्वको विभिन्न ३ सय स्थानमा ध्वनी प्रदुषणसम्बन्धी अध्ययन गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मानिसहरुको भिडभाड हुने विभिन्न विकास निर्माणका कृयाकलाप ठप्प रहेकाले ध्वनी प्रदुषण आधा घटेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।

ताजा समाचार

सम्बन्धित समाचार