Monday, October 28, 2024

‘मंगलबार रातिदेखि मनसुन कमजोर भएपनि खतरा टरेको छैन’

काठमाडौ, साउन ८ (हाकाहाकी)– देशभर मंगलबार रातिदेखि मनसुन कमजोर बन्दै गए पनि जोखिम अझै टरिनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी छ । अहिले पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली भइरहेको छ । अहिले वर्षा गराउने न्यून चापीय रेखा केही दक्षिणतर्फ सरेको भए पनि नेपालको पूर्वी भेग नजिक रहेकाले राति मनसुन केही सक्रिय हुने देखिएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

प्रदेश १, २, वाग्मती र गण्डकीका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । बिहीबार अपराह्न देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ र प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा बहाव घट्ने र सतर्कता तलै हुने, आगामी तीन दिन प्रमुख र मझौला नदीमा ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती र बबईमा बहाव घट्दो हुने तर कन्काई, कमला र वाग्मतीको केही सहायक नदीमा आकस्मिक बहाव आउन सक्ने भएकाले सचेत रहन भनिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार