Monday, October 28, 2024

रातो मच्छिन्द्रनाथको रथारोहण फेरी स्थगित

काठमाडौ, साउन ८ (हाकाहाकी)– रातो मच्छिन्द्रनाथको रथारोहण फेरी स्थगित भएको छ ।

कोरोना भाइरसको महामारीले गर्दा ३ महिना रोकिएको यात्रा आउने शनिबार सुरु गर्ने तयारी भएपनि कोरोना सक्रमणको जोखिम नै रहेको भन्दै गुठि कार्यालय ललितपुरले फेरी स्थगित गर्ने निर्णय गरेको छ ।

लकडाउन खुलेसंगै ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण आउने साउन १० गते गर्ने निर्णय गरेको गुठिले हिजो फेरी एकाएक कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै रथारोहण स्थगित गरेको जनाएको छ ।

साउन १० गते नागपन्चमीका दिनको साइत ठहर गरेसँगै मच्छिन्द्रनाथलाई रथमा विराजमा गराउन लागिएको थियो । रातो मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबारका लागी साइत निकालेका थिए ।

पटक पटक ज्योतिषसंग साइत निकालेर रथारोहण गर्ने कार्य अघि बढेपनि कोरोनाको जोखिम नतरेपछि रथारोहण र जात्रा स्थगित हुदै आएको छ । अब अर्कौ साइत निकालेर मात्र रथारोहणको कार्य अघि बढने गुठि कार्यालय ललितपुरका प्रमख राजन भुजुले जानकारी दिनुभएको छ ।

मच्छिन्द्रनाथसँगै मीननाथको रथलाई पनि तयारी अवस्थामा राखीएको कार्यालय प्रमुख भुजुले बताउनुभयो । हाल मिननाथको रथ टंगलमा छ भने मच्छिन्द्रनाथको रथ पुल्चोकमा छ ।

ताजा समाचार

सम्बन्धित समाचार