Monday, October 28, 2024

बाढिपहिरोमा ज्यान गुमाउनेका परिवारलाई २ लाख राहत

काठमाडौ, साउन ८ (हाकाहाकी)– बाढी पहिरोलगायत विपद्का घटनामा ज्यान गुमाउनेका परिवारलाई सरकारले २ लाख रुपैयाँ राहत दिने भएको छ ।

एकै परिवारमा एक जनाभन्दा बढीको ज्यान गए थप एक एक लाख रुपैयाँ दिइने सरकारले निर्णय गरेको हो । प्रकोप पिडित उद्धार र राहत सम्बन्धी मापदण्ड २०६४ लाई सातौँपटक संसोधन गर्दै सरकारले यो व्यवस्था गरेको हो ।

एकै घरका सबै जनाको ज्यान गएमा भने राहत उपलब्ध नगराइने गृह मन्त्रालयको बिज्ञप्तीमा उल्लेख गरीएको छ । विपदबाट घर, बहाल, आवास नष्ट भएमा, खाद्यान्न बाली तथा जग्गा वा पसल व्यवसायमा नोक्सान पुगेमा गुजाराका लागि पाँच जनासम्मको परिवारलाई १५ हजार र पाँच जनाभन्दा बढीको परिवारलाई २० हजार रुपैयाँ उपलब्ध गराइने छ । उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितीमार्फत घटनास्थलमै उपलब्ध गराइने मापदण्डमा उल्लेख छ ।

विपद्का घटनामा खाद्यान्न तथा हाल बसिरहेको घर पुर्णरुपमा नष्ट भएमा वा पूर्णरुपमा नष्ट नभएता पनि सम्भावित खतराबाट जोगिन सुरक्षित स्थानमा घर निर्माण गर्नु परेमा सरकारले एक लाख रुपैयाँ राहत दिने उल्लेख छ। तर यसको हकमा पिडितको अन्य स्थानमा घर नभएको हुनुपर्छ ।

ताजा समाचार

सम्बन्धित समाचार