Monday, October 28, 2024

रातो मत्स्येन्द्रनाथको रथारोहण साउन १० गते

काठमाडौ, साउन ७ (हाकाहाकी)– रातो मत्स्येन्द्रनाथको रथारोहणको साईत जुरेको छ ।

रातो मत्स्येन्द्रनाथको रथयात्राको साइत साउन १० गते शनिबार दिउँसोको १२ बजेर १० मिनेट देखि १२ बजेर २५ मिनेटसम्म गर्न सकिन्छ ।

यसका साथै त्यहि दिन साँझ रथयात्रा सुरु गर्ने पनि जनाइएको छ । सामान्यतया रथारोहणको चौथो दिनमा रथयात्रा गराउने चलन थियो । यो पटक रथारोहणकै दिन रथयात्रा सुरु भए पनि अरू प्रक्रिया यथावत हुने पाटन तलेजु मन्दिरका पुजारी रक्षण राजोपाध्यायले जानकारी दिनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार