Monday, October 28, 2024

लमजुङमा १८ घर पुरिए

काठमाडौ, साउन ७ (हाकाहाकी)– अविरल वर्षाले पहिरो जाँदा १८ घर पुरिएका छन्। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारी गाउँमा बुधबार बिहान पहिराले १८ घर पुरिएका छन ।

उक्त स्थानमा हिजो गएको कपासेखोलाको पहिरोमा थप पहिरो सोही स्थानबाट आएकाले घर पुरिएका वडाध्यक्ष प्रेम बस्नेतले जानकारी गराउनुभएको हो । पहिराले घर पुरिँदा सुजन अछामी, देवबहादुर सार्की, सिर्जना गोतामे लगायत ८ जना घाईते भएका छन्।
घाईतेहरुलाई स्थानीय खुदी स्वास्थ्य चौकीमा उपचार गराईरहेको र गम्भिर घाईते भएका दुई जनालाई भने सदरमुकाम स्थित जिल्ला सामुदायिक अस्पतालमा थप उपचारका लागी रिफर गरिएको छ।

पहिरोबाट बिस्थापित भएकाहरुलाई स्थानीय सामुदायिक भवन, सामुदायिक विद्यालयमा राख्ने तयारीमा जुटेको मस्र्याङ्दी गाउँपालिकाले जानकारी दिएको छ।

घाइतेलाई बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला सामुदायिक अस्पतालमा ल्याउने तयारी भइरहेको छ।

हिजो नै पहिराले गाउँमा क्षति गर्न थालेपछि स्थानीयलाई अन्यत्र राखिए पनि उनीहरु आज बिहान सामग्री निकाल्नका लागि आएका र पहिराले घाइते भएको वडाध्यक्ष बस्नेतले बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार