Monday, October 28, 2024

देशका ठूला नदीहरुको जलसतह घट्दो

काठमाडौ, साउन ७ (हाकाहाकी)– बुधबार देशका मुख्य नदीहरुमा जल सतह घट्दो क्रममा रहेको छ ।

कन्काइ, कमला, बागमती, नारायणीलगायतका नदीहरुको बहाव घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका महानिर्देशक सरजु वैद्यले कोसी र त्यसका सहायक नदीहरुमा पानीको बहाब बढ्दो क्रममा रहे पनि कन्काइ, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबइ र केही सहायक नदीहरुमा पानीको बहाब घट्दो क्रममा रहेको बताउनुभयो ।

यस्तै महाकाली, कर्णाली र त्यसका सहायक नदीमा बहाब घट्दो क्रममा रहेको छ । कन्काइ, कमला, बागमती नदीमा बहाब घटबढ हुने क्रममा रहको उहाँले बताउनुभयो।

गत २४ घण्टामा कन्काइ नदीमा ९८ दशमलव ४ मिलिलिटर पानी परेको छ । यस्तै भैरहवामा ६४ दशमलव ५, गल्कोटमा ७४ दशमलव २ मिलिलिटर पानी परेको वैद्यले जानकारी दिनुभयो ।

आगामी २४ घण्टामा प्रदेश नम्बर १, २ ५, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । बुधबार देशका धेरै ठाउँमा वर्षा नभए पनि वर्षा नै नहुने भन्ने नभएको वैद्यले बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार