Monday, October 28, 2024

बुधबार १ सय जनामा कोरोना पुष्टि

काठमाडौ, साउन ७ (हाकाहाकी) – बुधबार थप १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । बुधबार मात्र कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । यसबाट मृत्यु हुनेको कुल संख्या ४२ पुगेको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

४८ वर्षीया चिनियाँ महिलाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । मुटुको विरामी उहाँलाई कोरोना संक्रमण पुष्टि भएपछि ग्राण्डी अस्पतालले शिक्षण अस्पतालमा रिफर गरिएको थियो । आईसूयीमा राखेर उपचारका क्रममा उहाँको बुधबार विहान निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार