Monday, October 28, 2024

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा मास्क लगाउन आग्रह, आफु मास्क बीनै पत्रकार सम्मेलनमा

काठमाडौ, साउन ७ (हाकाहाकी)– अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना महामारीको स्थिति अझै खराब हुने बताउनु भएको छ ।

उहाले कोरोना महामारीको स्थिति अझै खराब हुने उल्लेख गर्दै सबैलाई मास्क लगाउन आह्वान गर्नुभएको छ ।

मास्क लगाउनेबारेमा सँधै विपक्षमा उभिनु भएका ट्रम्प स्वयंले कोरोनाको महामारी नियन्त्रणमा आउने लक्षण नदेखिएपछि मास्क लगाउन अपील गर्नुभएको बिबिसीको खबरमा उल्लेख छ ।

कोरोनासम्बन्धि दैनिक पत्रकार सम्मेलन फेरि शुरु गर्दै उहाँले मास्क लगाउँदा महामारीको जोखिम कम गर्न सकिने स्वीकार्नुभयो । यद्यपि उहाँ भने पत्रकार सम्मेलनमा पनि मास्क बिनै उपस्थित हुनुभएको थियो ।

अमेरिकामा कोरोनाको महामारी फेरि तीब्र गतिमा बढेपछि राष्ट्रपतिका सल्लाहकारहरुले उहाँलाई नयाँ रणनीति उपनाउन सल्लाह दिएका हुन् । गत अप्रिलमा उहाँले संक्रमण रोक्ने खोप दिएर महामारी नियन्त्रणमा लिन सकिने एक अभिव्यक्तिको आलोचना भएपछि नियमित पत्रकार सम्मेलन बन्द गरीएको थियो ।

यसैबीच आउने नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा आफ्ना प्रतिष्पर्धी डेमोक्रेट उम्मेदवार जो बाइडनले कडा टक्कर दिन थालेपछि ट्रम्पको बोली फेरिन थालेको खबरमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार