Monday, October 28, 2024

सार्वजनिक यातायात बिहीबारबाट सुचारु हुने

काठमाडौ, साउन ६ (हाकाहाकी)– सार्वजनिक यातायात बिहीबारदेखि सञ्चालन गर्ने यातायात व्यवसायीले घोषणा गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले आज पत्रकार सम्मेलन गरी पर्सिे बिहिबार साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय पनि व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए ।

मंगलबारको पत्रकार सम्मेलनमा भने महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार