Monday, October 28, 2024

नारायणगढ–मुग्लिन खण्डको पहिरो हटाउने कार्य जारी

काठमाडौ, साउन ६ (हाकाहाकी)– नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा खसेको पहिरो हटाउने काम जारी छ ।

त्यो ठाउँमा पानी पर्न रोकिएको मौकामा पहिरो हटाउन थालिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । खनालका अनुसार पहिरो झण्डै ५० मिटर लामो छ ।

लगातारको वर्षाका कारण आएको पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो । हिजो बिहान गएको पहिरोका कारण बाटो अवरुद्ध भएको र पहिरो खस्ने क्रम नरोकिएकाले बाटो खुलाउन समय लागेको हो ।

यसैबिच, धादिङको मोवाखोला पुल बाढी र पहिरोले क्षति पु¥याएको छ । अविरल वर्षा र बाढीका कारण धादिङको बोनिघाट रोराङ गाउपालिका(१० र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने पुलमा बाढी र पहिरोले क्षति पु¥याएको हो । बाढीले पुलको धादिङतर्फको खण्ड भत्किएपछि यातायात आवतजावत नै बन्द भएको छ ।

जिल्लाको विभिन्न स्थानमा पहिरो गएको छ। पहिरोको लेदो सडकमा बगेकाले राजमार्ग अवरुद्ध भएको छ। त्यसैगरी मोवाखोला नजिकैको ठाडो खोलाले एउटा टिपर पनि बगाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार