Monday, October 28, 2024

लगातारको बर्षाले कोशी नजिकका बस्तीहरु डुबानमा

काठमाडौ, साउन ६ (हाकाहाकी)– लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको अत्यधिक बहाब भएसँगै कोसी नजिकैका बस्तीहरु जलमग्न बनेका छन ्।

मंगलबार बिहानबाट बाढी उर्लिएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ । आज बहावले खतराको सतह पार गरिसकेकोले तटीय क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

कोसी ब्यारेजको बाढी यो वर्षको सबैभन्दा ठुलो हो । आज बिहान ५ बजेको मापनअनुसार कोसी ब्यारेजमा ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले पानीको बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

यसैगरी, चितवनको देवघाटस्थित नारायणी नदीमा पानीको सहतले खतराको तह पार गरेको हो । यो स्थानमा जलसतह ८ मिटर नाघेपछि खतराको तह पार हुनेमा ९ मिटर माथि आइसकेको छ । वर्षात नरोकिएकाले जल सतह थप बढ्ने अनुमान गरिएको छ ।
चितवनका दुई ठूला नदीहरुमा पानीको सतह निकै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदीले खतराको तह पार गरेको छ भने, राप्ती नदी चेतावनीको तहभन्दा माथि पुगेको छ ।

नारायणी नदीको जलसतह ८ मिटरभन्दा माथि पुग्यो भने खतराको तह मानिन्छ । तर देवघाट क्षेत्रमा गरिएको मापनमा अहिले जलसतह ९.८१ मिटर पुगेको छ । जल सतह अझै बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै कमला, कन्काई, बागमती र ती नदीका सहायक नदीमा बाढीले खतराको तह पार गर्न सक्ने अनुमान विभागले गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार