Monday, October 28, 2024

बाढीबाट उपत्यकाका विभिन्न स्थान डुबानमा

काठमाडौ, साउन ६ (हाकाहाकी)– अविरल परेको वर्षाले भक्तपुरका केही स्थानमा पहिरो गएको छ भने खोला किनारका वस्ती तथा बालीनाली डुवानमा परेको छ ।

दुई दिन यता निरन्तर परेको वर्षाले चाँगुनारायण नगरपालिका–९ ताथलीको गिरी टोलमा बस्ती नै जोखिममा पर्ने गरी पहिरो गएको छ। पहिरोका कारण स्थानीय सानुभाइ गिरीको घर र गिरी बस्नेत टोल सडक जोखिममा परेको छ ।

जग्गा व्यवसायीले जथाभावी डोजर चलाएर जग्गा प्लटिङ गर्दा पहिरो गएको पीडित गिरीले बताउन्भएको छ ।

यसैगरी, ललितपुरको बाग्मती , नख्खु , गोदावरी , कोड्कु लगायतका खोलामा बाढी आउँदा वरपरका वस्तीमा असर परेको छ । कति खेतीयोग्य जमिनमा पानी पस्दा खेतमा लगाइएका धानमा समेत क्षती पुगेको छ । बाग्मती खोलाको पानी सुकुम्बासी बस्तीमा पस्दा असर पारेको छ ।

थापाथली , बालकुमारी लगायतका सुकुम्बासी टोलमा बाग्मतीको पानी टहरा भित्रै प्रवेश गर्दा खाद्यान्न र लत्ताकपडा भिज्नुका साथै टहरा बाहिर राखीएका समानहरु बगाएका छन् ।

मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि कोटेश्वर र जडीब’टीस्थित सुकुम्बासी बस्ती डुबानमा परेको छ । कतिपय सडकमा पनि पानी जम्दा सवारी आवागमनमा पनि समस्या आएको छ ।

बाग्मती , रुद्रमती , विष्णुमती ,धोवीखोला, टुकुचा , हनुमन्ते , लगायत खोला आसपासमा डुबान भएको प्रहरीले जनाएको छ ।

बाग्मती खोलाले शंखमुल क्षेत्र पनि डुबानमा परेको छ । केही वर्ष अघि मात्र बनाएको शंखमूलको पार्कलाई नदीले डुबाएको छ । काठमाडौ माकलबारीको पुल माथीसम्म पानी बगेर आउजाउमा समस्या भएको छ । सुन्दरीघाटमा बाग्मती किनारमा रोपीएको विरुवा बाग्मतीले बगाएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ७ , टिकाथलीमा पनि डुबानको समस्या देखिएको छ । अविरल वर्षाका कारण गोदावरी खोलामा बाढी आएको छ । कान्ति लोकपथ अन्र्तगत चापागाँउ –सातदोबाटो मार्गमा ढलको उचित ब्यवस्था नह’ँदा पानी सडकबाटै बग्दा सवारी साधन ग’ड्न कठिनाइ भएको छ । ढोलाहिटीमा ढलको पानी विच बाटोमै जम्दा सवारी साधन आवतजावतमा समस्या भएको स्थानीय मनिष केसीले बताए ।

यसैगरी ललितपुरको गोदावरी ६ काँफल डाँडा र गोदावरी ५ माल्टिडाँडा जाने वाटो अविरल बर्षाले गर्दा विग्रिएका छन् । यसैगरी दक्षिण ललितप’रका भट्टेडाँडा , गोटीखेल , कालेश्वर , ठुलादुर्लुङ , प्युटार , आस्राङ , घुसेल लगायतका स्थानका बाटोमा पनि सानातीना पहिरो खसेका छन् । कान्ति लोकपथ अन्र्तगतका विभिन्न सडक खण्ड पहिरोका कारण अबरुद्ध भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार