Monday, October 28, 2024

बाढीबाट प्रदेश २ का ६९ परिवार विस्थापित

काठमाडौं, साउन ६ (हाकाहाकी)– बाढीका कारण प्रदेश २ को विभिन्न जिल्लाका ६९ परिवार विस्थापित भएका छन् ।

सर्लाही सदरमुकाम मलंगवा नगरपालिका– ५ मा लखनदेही खोलामा बाढी बस्तीमा पस्दा २७ परिवार विस्थापित भएका छन् । सर्लाहीकै लालबन्दी नगरपालिका–४ स्थित जर्वा खोलाको बाढीले १ घर, चक्रमटा गाउँपालिका– ५ ढेग्रा खोलाले १८ परिवारलाई विस्थापित गरेको छ ।

रौतहटको गरुडा नगरपालिका ५ शिवनगरस्थित झाज खोलामा आएको पानीले २३ घर विस्थापित भएको प्रदेश प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए । उहाँका अनुसार घरमा पानी पसेपछि उनीहरु छिमेकीको घरमा बसेका छन् ।

कोशी नदीमा आएको बाढीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ र ९ का १ सय ५० परिवारको घरमा पानी पसेको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । दुई जना वेपत्तबाढीका कारण महोत्तरी र सर्लाहीमा १र१ जना नदीमा बगेर वेपत्ता भएका छन् ।

रौतहटको चाँदी नदीमा बगेर चन्द्रपुर नगरपालिका वडा नम्बर ३ निवासी ५० वर्षीय सुकमानी थिङ बेपत्ता भएका छन् । पौडी खेल्न गएका उनलाई मंगलबार बिहान बगाएको छ ।

यस्तै, महोत्तरीमा रातु नदी पार गर्न खोज्दा एक युवक बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महोत्तरीकै भंगहा नगरपालिका ६ संग्रामपुरका ३५ वर्षीय वीरेन्द्र कापर छन् ।

साइकलसहित नदी पार गर्न खोज्दा उनी बेपत्ता भएका हुन् । बेपत्ता दुबैको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, निरन्तरको वर्षाका कारण आएको बाढी–पहिरोले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्सेमा एक होटल ,पुल र स्काभेटर बगाएको छ।

झरनामा आएको बाढीले सुवर्ण खत्रीको होटल, एउटा स्काभेटर मेसिन, बस र पुल बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–जोमसोम सडक खण्डअन्तर्गत पर्ने रुप्से झरनाको तल रहेको पुल बगाएको छ ।

यस्तै, कालिगण्डकी नदी र म्याग्दीको नदीमा पानीको बहाव बढेकाले तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ । जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सारिएको प्रहरीेले जनाएका छ । कालीगण्डकीले बगायो राम मन्दिर कालीगण्डकी नदीमा आएको बाढीले बेनी नगरपालिका–९ गलेश्वरसँगै सीमा जोडिएको पर्वतको जलजला गाउँपालिका–२ मा पर्ने राम मन्दिरको भवन बगाएको छ । बाढीका कारण कालीगण्डकी, म्याग्दी र राहुघाट नदीको सतह बढेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार