Monday, October 28, 2024

विश्वमा कोरोनाबाट करिब सवा ६ लाख सर्वसाधारणको मृत्यु

काठमाडौ, साउन ६ (हाकाहाकी)– विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख १३ हजार ५ सय ४२ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जानकारी दिएको छ ।

मंगलबारसम्म विश्वभरीमा १ करोड ४८ लाख ६६ हजार ३९४ जना कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये अहिलेसम्म ८९ लाख २३्् हजार ९ सय ५६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५३ लाख २८ हजार ८ सय ९६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ६३ हजार ६९९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३९ लाख ६१ हजार ५५६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४३ हजार ८३५ जनाको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३३ लाख ८ हजार ६५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख १९ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४६ लाख ४३ हजार २३५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ९्७ हजार ५९६ जनाको मृत्यु भएको छ ।

युरोपमा २६ लाख ९४ हजार ७११ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९९ हजार ५२३ को मृत्यु भएको छ । एसिया ३४ लाख ६५ हजार ४८२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८१ हजार ४२८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ७ लाख ४० हजार २६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५ हजार ४६५ जनाको मृत्यु भएको छ । ओसियानामा १४ हजार ११३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४९ जनाको मृत्यु भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार