Monday, October 28, 2024

भारतको काजिरङ्गा निकुञ्जमा बाढी परेर ८ वटा गैंडा मरे

काठमाडौ, साउन ५ (हाकाहाकी)– उत्तरपूर्वी भारतको आसामको काजिरङ्गा राष्ट्रिय निकुञ्जमा बाढीमा परेर आठ वटा दुर्लभ एकसिङ्गे गैँडा सहित सय भन्दा बढी जङ्गली जनावरको मृत्यु भएको निकुञ्जका अधिकारीहरूले जनाएका छन् ।

यस निकुञ्जमा लोपोन्मुख एकसिङ्गे गैँडाको सङ्ख्या संसारमा नै सबैभन्दा धेरै रहेको छ ।

यो शताब्दीको आरम्भतिर एकसिङ्गे गैंडा लोप नै हुने अवस्थामा पुगेको थियो। तर यो वर्षको मनसुनका कारण तयस निकुञ्जको ८५ प्रतिशत भूभाग पानीमा डुबेको बताइएको छ । काजिरङ्गा निकुञ्जमा कम्तीमा २ हजार ४०० एकसिङ्गे गैँडा छन् ।
यो निकुञ्ज युनेस्को विश्व सम्पदा सूचीमा पनि सूचीकृत भईसकेको बिबिसि हिन्दिमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार