Monday, October 28, 2024

भारी बर्षाले गर्दा पूर्वी जिल्लाका जलविद्यूत आयोजनाबाट विद्यूत उत्पादन बन्द

काठमाडौ, साउन ५ (हाकाहाकी)– निरन्तरको वर्षाले गर्दा पाँचथर, ताप्लेजुङ र इलामका अधिकांश जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । कुनैमा क्षमता भन्दा निकै कम मात्रामा उत्पादन भइरहेको छ ।

काबेली करिडोर १ सय ३२ केभी प्रसारण लाइनमा तीन जिल्लामा सञ्चालनमा रहेका १ सय ७५ मेगावाट विद्युत् जोडिएको अहिले ४३ मेगावाट विद्युत् मात्रै प्रवाह भइरहेको छ ।

इलाममा रहेका जलविद्युत् आयोजनाबाट ९० मेगावाट विद्युत् उत्पादन भइरहेकोमा सोमबार दिउँसो १ बजेबाट विद्युत् उत्पादन बन्द भएको काबेली करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख दीपेन्द्रराज दुवेदीले जानकारी दिनुभयो । त्यहाँ नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका जलविद्युत आयोजनाहरु सञ्चालित छन् ।

यसैगरी, पाँचथरका आयोजनाहरुबाट ३७ मेगावाट विद्युत् उत्पादन वर्षाका कारण ८ मेगावाटमा सिमित भएका छन् । पाँचथर र ताप्लेजुङको सीमामा पर्ने काबेलीमा विभिन्न आयोजनाबाट उत्पादन हुने ४० मेगावाटमा ३५ मेगावाट उत्पादन भइरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार