Monday, October 28, 2024

चौबिस घण्टामा १८६ संक्रमित थपिए

काठमाडौ, साउन ५ (हाकाहाकी)– पछिल्लो २४ घन्टामा थप १ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

चौबिस घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममायी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

सोमबार थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४ जनापुगेको छ । सोमबार थप १ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा अहिले सम्म ११ हजार ८ सय ६८ जना उपचारपछि निको भएका छन् । नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार