Monday, October 28, 2024

मनसुन सुरु भएयता बाढीपहिरोबाट ११३ को मृत्यु

काठमाडौ, साउन ५ (हाकाहाकी)– मनसुन सुरु भए यता बाढीपहिरोबाट १ सय १३ जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोका कारण २८ जिल्लामा १ सय १३ जनाले ज्यान गुमाएका हुन् । विभिन्न जिल्लामा भएका घटनामा १०३ जना घाइते छन् भने ४५ जना बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी कार्य जारी राखिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाही बताउनुभयो । उहाँका अनुसार खोज तथा उद्दारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

प्रहरीका अनुसार हालसम्म मनसुनजन्य विपदबाट सबैभन्दा बढी म्याग्दीमा २८ जनाको मृत्यु भएको छ भने जाजरकोटमा १२, तनहुँमा ११ र कास्कीमा १० जनको मृत्यु भएको छ । नेपालमा मनसुन ३० असारबाट भित्रिएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार