Monday, October 28, 2024

नारायणी, अरुण र तमोर नदीको पानी सतह खतरा र चेतावनी तहमा

काठमाडौ, साउन ५ (हाकाहाकी)– नियमित बर्षाका कारण नारायणी, अरुण र तमोर पानीको सतह क्रमशः खतरा र चेतावनी तह भन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभागको जनाएको छ ।

नारायणीको देवघाटस्थित नदी मापन केन्द्रले यस्तो देखाएको छ । देवघाटमा सोमबार साँझ ४ः२०० बजे त्यहाँको पानीको सतह ९.१४ मिटर पुगेको छ जबकि त्यहाँको पानीको सतह ८ मिटर भन्दा माथिलाई खतरा तह मानिन्छ ।

यसैगरी नारायणगढको नारायणी नदीको पुल मुनीको पानीको सतह साँझ पौने चार बजे १२.४५ मिटर पुगेको छ जबकी त्यहाँको चेतावनी तह ११ मिटर हो । पुल मुनीको पानीको सतहले पनि चेतावनी तह पार गरेको विभागले जनाएको छ ।

यसैगरी अरुण र तमोर नदीको पानीको सतह चेतावनी तह भन्दा माथि पुगेको छ । अरुण नदीको सिम्ले धनकुटा र तमोर नदीको मुलघाट धनकुटा खण्डमा पानीको सतहले चेतावनी तह पार गरेको हो ।

साँझ साढे चार बजेको मापनमा अरुण नदीको पानीको सतह १०.०७ मिटर पुगेको हो जबकि यस स्थानको चेतावनी तह १० मिटर हो । यसैगरी पौने चार बजेको मापनमा तमोर नदीमा पानीको सतह ६.१३ मिटर पुगेको पाइएको छ जबकि यस स्थलको चेतावनी तह ६ मिटर हो । कोशी बेसिनमा पर्ने यी दुई नदिहरुमा पानीको सतह बढ्ने क्रम जारी छ ।

यी नदीमा पानीको सतह बढ्दा नदीको तल्लो तटिय क्षेत्र जोखिममा पर्न सक्ने चेतावनी विभागले आफ्नो वेभसाइट मार्फत जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार