Monday, October 28, 2024

नारायणीमा पानीको सतह खतरा तह भन्दा माथि

काठमाडौ, साउन ५ (हाकाहाकी)– नियमित बर्षाका कारण नारायणी नदीको पानीको सतह खतरा तह भन्दा माथि गएको जल तथा मौसम विज्ञान विभागको जनाएको छ ।

नारायणीको देवघाटस्थित नदी मापन केन्द्रले यस्तो देखाएको छ । देवघाटमा सोमबार अपरान्ह्रको १२ः१० बजे त्यहाँको पानीको सतह ८.०९ मिटर पुगेको छ जबकि त्यहाँको पानीको सतह ७.३ मिटर भन्दा माथिलाई खतरा तह मानिन्छ ।

यसैगरी नारायणगढको नारायणी नदीको पुल मुनीको पानीको सतह बिहान ११ः४५ बजे ११.२४ मिटर पुगेको छ जबकी त्यहाँको चेतावनी तह ११ मिटर हो । पुल मुनीको पानीको सतहले पनि चेतावनी तह पार गरेको विभागले जनाएको छ ।

यसले नदीको तल्लो तटिय क्षेत्र जोखिममा पर्न सक्ने चेतावनी विभागले आफ्नो वेभसाइट मार्फत जनाएको छ । दुवै स्थानमा पानीको सतह बढ्ने क्रम जारी रहेको जनाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार