Tuesday, October 29, 2024

साउन पहिलो सोमबारको भगवान शिव पुजा घरघरमै

काठमाडौ, साउन ५ (हाकाहाकी)– साउन महिनाको पहिलो सोमबार भगवान शिवको विशेष पूजा आराधना गरी शिवभक्तहरुले वर्त बसेर मनाउँदै छन् ।

यो वर्ष कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लागु गरेको लकडान केही खुकुलो भए पनि मठ मन्दिर बन्द नै रहेकाले दर्शनार्थी शिवालयहरुमा निकै कम गएका छन् ।

तर बिहानैदेखि चोखो भएर शिवको विशेष आराधना भने भइरहेको छ । साउन महिनाको सोमबारलाई शिव भगवानको व्रत बस्नका लागि सर्वोत्तम दिन मानिन्छ ।

यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको छ । यसो गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेकोछ । तर यो वर्ष अधिकांश व्रतालूले घरमै बसेर आराधना गर्ने छन् ।

मानव शरीर पृथ्वी, जल, तेज, वायु र आकाश गरी पञ्चत्वले बनेको छ । यसमध्येमा पृथ्वी तत्व शरीरमा धेरै हुन्छ । यसैले पृथ्वीमा हरियाली छाएका बेला मानिसले पनि हरियो पहिरन लगाएर साउने सोमबार मनाउने गर्छन् । यसो गरेमा प्रकृतिसँगको तादात्म्यता प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार