Tuesday, October 29, 2024

सर्लाही सदरमुकाम मलङ्गवा डुबानमा

काठमाडौ, साउन ५ (हाकाहाकी)– आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले सर्लाही सदरमुकाम मलङ्गवा डुबानमा परेको छ ।

विभिन्न सरकारी कार्यालय र दर्जनौं निजी घरहरु डुबानमा परेका हुन् । सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चोक, बसपार्कलगायतका क्षेत्र जलमग्न भएका छन् ।

भारी वर्षाले सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् । निरन्तर वर्षा भइरहँदा विपन्न, सुकुम्वासी र पिछडिएका दलित परिवार बढी प्रभावित भएका छन् ।

जिल्लाको वाग्मती, लखन्देही, फूलजोर, कालिन्जोर, बाँके, मनुष्मारा, झिमलगायतका खोलामा जल सतह बढेको छ । खोलाले केही ठाउँमा खेतीयोग्य जमीन कटानसमेत गरेको छ ।

गहिरो स्थान र निकास नरहेका ठाउँहरुमा पानी जमे पनि जनधनको क्षति कतै नभएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभएको छ ।

मनुसन सक्रिय भई केही दिन वर्षा हुने अनुमान गरेकाले नदी तथा खोला किनारका छेउ र चुरेभेगमा बसोबास गरिरहेका नागरिकलाई सचेत हुन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार