Tuesday, October 29, 2024

यूएईको पहिलो यान मङ्गल ग्रह तर्फ

काठमाडौ, साउन ५ (हाकाहाकी)– संयुक्त अरब एमिरेट्स (यूएई) को पहिलो ऐतिहासिक मिशन अन्तर्गतको एक यान मङ्गल ग्रहतर्फ अघि बढेको छ ।

जापानमा रहेको तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटू–ए रकेटमार्फत प्रक्षेपण भएको होप नामक उक्त मिशनले झण्डै ५० करोड किलोमिटर दूरी तय गरेपछि मङ्गलग्रहको मौसम र जलवायुबारे अध्ययन गर्नेछ ।

यसअघि प्रक्षेपणका दुईवटा प्रयास गत साता खराब मौसमका कारण स्थगित गरिएको थियो । सन् २०२१ को फेब्रुअरीमा होप मङ्गलग्रह पुग्नेछ । त्यो त्यही मिति हो जतिबेला युएई स्थापनाको ५० औ वार्षिकोत्सब हुन्छ ।

यही महिना मङ्गलग्रहमा जान लागेका तीनवटा मिशनमध्ये यूएईको होप मिशन एक रहेको छ भने अमेरिका र चीन दुवै आफ्नो मिसन पठाउन अन्तिम चरणको तयारीमा रहेको बिबिसीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार