Tuesday, October 29, 2024

सोमबारका दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिर नखुल्ने

काठमाडौ, साउन ४ (हाकाहाकी)– लकडाउनका कारण साउनको पहिलो सोमबार (भोली) पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि नखुल्ने भएको छ ।

साउन ७ गतेसम्म लकडाउन कायम रहेकाले मन्दिर नखुल्ने भएको हो । सरकारले तत्काल पशुपतिनाथ मन्दिर सर्वसाधरणको लागि खुला गर्ने निर्णय नगरेकाले पहिलो सोमबार मन्दिर खुला नगरिने पशुपति बिकास कोषले जनाएको छ ।

लकडाउन खुकुलो भएसँगै बिस्तारै अन्य क्षेत्रहरु सामान्य अवस्थामा फर्किँदैछन् । तर, भिडभाड बढी हुने मठमन्दिर लगायतका क्षेत्र भने खुलेका छैनन् । मन्दिर खुला गर्ने, नगर्ने भन्ने सरकारको निर्णय कुरेर बसेको पशुपति क्षेत्र बिकास कोषका प्रशासकिय अधिकृत गौरीशंकर पराजुलीले बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार