Tuesday, October 29, 2024

यो साता बिदेशमा कोरोनाबाट १६ नेपालीको मृत्यु

काठमाडौ, साउन ४ (हाकाहाकी)– कोभिड–१९ को संक्रमणका कारण विदेशमा यस साता थप १६ नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका अनुसार यस साता कतारमा ८, युएईमा ५ र कुवेतमा ३ जनाको निधन भएको हो । कतारमा निधन भएकामध्ये २ जनाको निधन हुनुअघि कोरोना संक्रमण पुष्टि भएको र बाँकी ६ जनाको निधनपछि कोरोना पोजेटिभ देखिएको समितिले जनाएको छ ।

शनिबार साँझसम्म १४ देशमा १ सय ६० नेपालीको कोरोना संक्रमणका कारण निधन भएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिनुभयो ।

संघका अनुसार जम्मा कोराना संक्रमित नेपालीमध्ये ९३ प्रतिशत कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये सबै मुक्त भएका छन् । साथै मध्यपूर्वका केही देशमा रहेका नेपालीमा भने अझै कोरोना भाइरसको संक्रमण नरोकिएको संघले आज विज्ञप्ति मार्फत जनाएको छ ।

अहिलेसम्मविभिन्न देशमाकूल३० हजार ५७१संक्रमित नेपालीमध्ये २८ हजार ६८१ जनासंक्रमणमुक्त भएको संघको तथ्याङ्क छ ।

यसैगरी भारत, साउदी अरेबिया, युएई र कुवेतमामात्र यस साता ९५० नेपालीमा कोरोना संक्रमण देखिएको समितिले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार