Tuesday, October 29, 2024

कोरोना संक्रमित निको हुने प्रतिशत ६६ दशमलव २४

काठमाडौ, साउन ४ (हाकाहाकी)– कोरोना संक्रमित निको हुने प्रतिशत ६६ दशमलव २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो । निको भएर घर फर्किनेको संख्या ११ हजार ६ सय ९५ पुगेको छ । आइतबार मात्र ५८ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा देशका २७ वटा प्रयोगशालामा ३ हजार ७ सय ४१ जनामा कोरोना परीक्षण गरिएको छ । यीमध्ये १ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । कुल संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार