Tuesday, October 29, 2024

भारतमा २४ घण्टामा अहिलेसम्मकै धेरै करिब ३९ हजारमा कोरोना पुष्टि

काठमाडौ, साउन ४ (हाकाहाकी)– भारतमा वितेको २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९०२ व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

भारतको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आज ३८ हजार ९०२ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएको छ ।

योसँगै भारतमा कोभिड–१९ संक्रमितको कूल संख्या १० लाख ७७ हजार ६१८ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, बितेको २४ घण्टामा कोभिड–१९ संक्रमित ५४३ विरामीको मृत्यु भएसँगै यो महामारीका कारण भारतमा मृत्यु हुनेको संख्या २६ हजार ८१६ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।

भारतमा आसम्म निको भई घर फर्किने कोभिड–१९ संक्रमित बिरामीको संख्या ६ लाख ७७ हजार ४२३ पुगेको छ भने अझै तीन लाख ७३ हजार ३७९ व्यक्ति संक्रमित रहेका छन् ।

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आई.सी.एम.आर) का अनुसार जुलाई १८ सम्म भारतमा कोभिड–१९ संक्रमण परीक्षणका लागि एक करोड ३४ लाख ३३ हजार ७४२ नमूना परीक्षण गरिएको छ जसमध्ये शनिबार तीन लाख ६१ हजार २४ व्यक्तिको कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार