Tuesday, October 29, 2024

शुक्र र शनिबार कोरोना संक्रमितको किर्तिमानी संख्याः डब्लुएचओ

काठमाडौ, साउन ४ (हाकाहाकी)– विश्व स्वास्थ्य संगठनले लगातार दोश्रो दिन विश्वमा कीर्तिमानी संख्यामा कोरोना भाइरस संक्रमित फेला परेको जनाएको छ ।

रोयटर्समा प्रकाशित समाचारमा बितेका २४ घण्टामा २ लाख ५९ हजार ८ सय ४८ जना संक्रमित फेला परेपछि संक्रमित संख्यामा लगातार दोश्रो दिन नयाँ कीर्तिमान कायम भएको हो ।

शनिबारमात्र विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना संक्रमितको दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम भएको जनाएको थियो ।

शुक्रबार एकैदिन २ लाख ३७ हजार ७ सय ४३ जना संक्रमित फेला परेपछि विश्वको दैनिक संक्रमित संख्यामा नयाँ कीर्तिमान बनेको थियो।

यसअघि यो कीर्तिमान जुलाई १२ मा बनेको थियो। सो दिन १ लाख ३० हजार ३ सय ७० जना संक्रमित फेला परेका थिए । शनिबार थपिएका संक्रमितमध्ये अधिकाशं अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाबाट भएको संगठनले जनाएको छ । शनिबार कोरोनाबाट हुने मृत्यु पनि बढेको छ। शनिबार एकैदिन ७ हजार ३ सय ६० जनाको मृत्यु भएको छ। यो संख्या मार्च १० यताकै उच्च हो ।

ताजा समाचार

सम्बन्धित समाचार