Tuesday, October 29, 2024

सर्लाहीमा डुबेर ३ जनाको मृत्यु

काठमाडौ, साउन ४ (हाकाहाकी)– सर्लाहीका छुट्टाछुट्टै ठाउँमा डुबेर एक बालिकासहित तीन जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गोडैता, बागमती र हरिपूर्वा नगरपालिकामा १–१ जनाको मृत्यु भएको छ । मृत्यु हुने दुई जना मानसिक सन्तुलन ठीक नभएका व्यक्ति छन् ।

गोडैता नगरपालिका ८ बस्ने मानसिक सन्तुलन ठीक नभएका २५ वर्षीय विकाश कुमार दासको घरबाट ५ सय मिटर दक्षिण रहेको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, बागमती नगरपालिका ६ बस्ने गोबिन्द सुवेदीकी ४२ वर्षीया श्रीमती अम्बिका काफ्लेको मानपुर शाखाको नहरमा डुबेर मृत्यु भएको छ । मानसिक सन्तुलन ठीक नभएकी उनी बागमती नगरपालिका ८ स्थित माइतमा बस्दै आएकी थिइन् ।

त्यस्तै, बलवा नगरपालिका ९ घर भई हरिपूर्वा नगरपालिका ७ बसतपुर बस्दै आएका बिकाउ ठाकुरकी ७ वर्षीया छोरी चाँदनी ठाकुरको पनि नहरमा डुबेर मृत्यु भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार