Tuesday, October 29, 2024

पहिरोमा परेर कालिकोटमा एकको मृत्यु

काठमाडौ, साउन ४ (हाकाहाकी)– कालिकोटको पचालझरना गाउँपालिका–३ को खादुमा पहिरो जादा एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरीएर एक जना घाइते भएका छन् ।

स्थानीय जङ्गलमा काठ चिरानी गर्न गएका ४६ वर्षीय ध्वजवीर कठायतको पहिरोमा परेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी श्यामबाबु ओलियाले बताउनुभयो ।

कठायतसँगै काठ चिर्न गएका मुनि बस्नेत भने घाइते हुनुभएको छ । घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार