Tuesday, October 29, 2024

ट्र्याक्टर दूर्घटना हुँदा प्यूठानमा ७ जनाको मृत्यु

काठमाडौ, साउन ४ (हाकाहाकी)– प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको थियो ।

ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरीले जनाएको छ ।

भिङ्गृ–स्वर्गद्वारी सडक खण्डको स्तरोन्नत्तीका लागि खटिएका ती मजदूर सबै रोल्पा रुम्टीगढीका हुन । हुस्सु र वर्षाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । मृतक कसैको पनि पहिचान खुल्न सकेको छैन । ट्र्याक्टरमा सवार आठ जनामध्ये एक जना बाँचेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार