Tuesday, October 29, 2024

कोराना खोप अनुसन्धान चोरीको आरोपमा सत्यता छैनः बेलायतस्थित रुसी राजदूत

काठमाडौ, साउन ४ (हाकाहाकी)– बेलायतका लागि रुसी राजदूत आन्द्रेइ क्लेइनले रुसी गुप्तचर निकायले कोरोना भाइरसविरुद्धको खोपका सम्बन्धमा भइरहेको अनुसन्धान चोरी गर्ने प्रयास गरेको भन्ने आरोपमा सत्यता नभएको बताउनुभएको छ ।

राजदूत क्लेइनले ह्याकर प्रयोग गरेर खोप सम्बन्धी अनुसन्धानको जानकारी चोरी गर्न लागेको भन्ने आरोपमा कुनै सत्यता नरहेको बिबिसीलाई बताउनुभएको हो ।

गत बिहीबार रुसी गुप्तचरहरुले कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयासमा रहेका अमेरिकी, बेलायती तथा क्यानडिन संस्थाहरुलाई निशाना बनाइरहेको सुरक्षा निकायले चेतावनी दिनुभएको थियो ।

बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टर (एनसिएससी) ले ह्याकरहरुले रुसी गुप्तचर सेवाका लागि काम गरिरहेको र कोरोना भाइरसविरुद्धको खोप बनाउने अभियानका महत्वपूर्ण जनाकारी उनीहरुको निशानामा रहेको बताएको थियो ।

एनसिएससीले चेतावनी दिए पनि ह्याकरको निशानामा कुन संस्था रहेको वा अहिलेसम्म कुनै जानकारी चोरी गरिसकेका छन् या छैनन् भन्ने खुलाएको थिएन । तर खोपको अनुसन्धानमा ह्याकरले रोकावट भने नल्याएको बताइएको थियो ।
राजदूत क्लेइनले रुसले बेलायतको राजनीतिमा दखल दिन खोजेको भन्ने आरोप पनि अस्वीकार गर्नुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार