अलपत्र नेपालीलाई ल्याउन शुक्रबार १५ उडान तय

काठमाडौ, साउन २ (हाकाहाकी)– विदेशमा अलपत्र नेपालीहरुलाई स्वदेश ल्याउन शुक्रबार १५ वटा अन्तर्राष्ट्रिय उडान तय भएका छन् ।

कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेका नेपाली ल्याउनका लागि १५ वटा उडान तय भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

शुक्रबार कतार एयरवेजको एउटा जहाजले नेपालीहरु लिएर फर्कदैछ भने ३ वटा जहाज कतार उड्दैछन् । त्यस्तै कुवेतबाट नेपालीहरु लिएर जजिरा एयरका दुई जहाज आउँदैछन् भने जजिराकै २ वटा जहाज काठमाडौंबाट कुवेत उड्दैछन् ।

बहराइनबाट स्वदेश फिर्तीका लागि हिमालय एयरलाइन्सका दुई वटा जहाजहरु जाँदैछन । साउदीको दमामबाट हिमालय एयरलाइन्सका दुई जहाज नेपालीहरु लिएर फर्कँदैछन । दमामबाट नै नेपाल एयरलाइन्सले पनि नेपालीहरु लिएर फर्कँनेछ। साउदीकै रियादबाट हिमालय र नेपाल एयरलाइन्सका एकरएक जहाजले नेपालीहरु लिएर फर्कँदैछन् । हालसम्म अन्तर्राष्ट्रिय चार्टर्ड उडानमार्फत् ३० हजार जनाभन्दा बढी नेपालीहरु स्वदेश फर्किसकेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार