सप्तरीमा कोरोनाबाट १ को मृत्यु, कुल मृतक संख्या ४०

काठमाडौ, साउन २ (हाकाहाकी)– सप्तरीमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १ बस्ने ७३ वर्षीय वृद्धको गए राति मृत्यु भएको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाइएको छ ।

कोरोनाबाट संक्रमित उहाँलाई असार ३१ गते सप्तरीको राजविराजबाट धरानस्थित प्रतिष्ठानमा उपचारका लागि भर्ना गरएिको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटारले मृतकलाई उच्च रक्तचाप, मधुमेह, मुटुको रोगबाट समेत ग्रस्त रहेको बताउनु भये । । मृतकको परिवारले उपचारका लागि अस्पताल ल्याएको हुनाले कन्ट्रयाक्ट ट्र्यासिङको कार्य समेत अघि बढाएको अस्पतालले जनाएको छ । उहाँको शव अस्पतालमै मर्चुरीमा राखिएको जनाएको छ ।

यता सुरक्षा निकायले शवको व्यवस्थापन गर्ने भएकाले त्यसको तयारी भइरहेको प्रतिष्ठान जनाएको छ । यससंगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ तर यस्को आधिकारक पुष्टि भने स्वाथ्य तथा जन संख्या मन्त्रालले गरीसकोे छैन ।

ताजा समाचार

सम्बन्धित समाचार