आइतबारदेखि चारदिनसम्म भारी बर्षाको संभावना

काठमाडौ, साउन २ (हाकाहाकी)– आगामी आईतबारदेखि फेरी मनसुन सक्रिय भई तीनदेखि चार दिनसम्म भारी वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ ।

मुख्यगरी प्रदेश १, २, ५, वाग्मती, गण्डकीका केही स्थानमा र सुदुरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक÷दुई स्थानमा अति भारी वर्षा को संभाबना रहेको विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठले बताउनु भयो ।

यसअघि धेरै बर्ष भैसकेकोले अब थोरै बर्षा हुदा पनि पहिरो खस्नसक्ने भएकाले सावधानी अपनाउन डा श्रेष्ठले अनुरोध गर्नु भएको छ ।

आईतबारदेखी मुलुकको पूर्वमा अली बढी मनसुन सक्रिय हुने र सुदूरपश्चिममा केही ठाउँमा भारी वर्षा भएकोले बाढी पहिरोको जोखिम हुनसक्ने सम्भावना रहेको विभागले जनाएको छ ।

भोलीसम्म मौसम सामान्य रहेको तर पर्सिदेखि भने अहिले दक्षिणी क्षेत्रमा रहेको न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले मनसुनी गतिविधि सक्रिय हुने भएको ले सर्तकता अपनाउन बिभागले आग्रह गरेको छ ।

मुलुकमा गएको असार महिनामा मात्रै बाढी पहिरोमा परेर एक सयभन्दा बढीको ज्यान गुमाएका छन् भने ४५ बढी हराइरहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार