कास्कीमा पहिरोबाट ३ जनाको मृत्यु

काठमाडौ, साउन २ (हाकाहाकी)– कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा पहिरोले घर पुरिंदा तीन जनाको मृत्यु भएको छ ।

अविरल वर्षासँगै घर माथिबाट आएको पहिरोले प्रेमराज बिकको घर पुरिंदा उहाँका नाति र नातिनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

पहिरोमा परेर प्रेमराज बिकका १६ वर्षीय नाति कुशल, नातिनी १६ वर्षीया रोजिना र नाती १४ वर्षीय समीरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले बताउनु भयो ।

प्रेमराज र उहाँकी श्रीमती सकुशल रहेको प्रहरी प्रवक्ता हमालले जानकारी दिनुभयो ।

यसैगरी सिद्धार्थ राजमार्गमा पहिरो खस्दा तानसेन–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । तानसेन –८ गौडेपुलमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । वर्षा भइरहेको र पहिरो खसिरहेकाले पहिरो हटाउन समस्या देखिएको प्रहरीे जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार