करिब ५ हजार परीक्षणमा १६७ जनामा कोरोना पुष्टि

काठमाडौ, साउन १ (हाकाहाकी)– करिब पाँच हजार जनामा पीसीआर परीक्षण गर्दा बिहीबार थप १ यस ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ६७ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

प्रवक्ता डा. गौतमका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ५६ रहेको छ भने जम्मा संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।

बिहीबार ४ हजार ९ सय ८१ जनाको पीसीआर परीक्षण गरिएको थियो । त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय १३ जनामा कोरोना संक्रमित निको भई घर फर्केका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ११ हजार २ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै, आजसम्म क्वारेन्टिनमा २३ हजार ५ सय रहेको प्रवक्ता डा. गौतमले जानकारी दिनुभएको छ । अहिलेसम्म नेपालमा कोरोनाका कारण ३९ जनाको ज्यान गएको उहाँले बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार