काठमाडौ, साउन १ (हाकाहाकी)– भारतमा उच्च र अन्य अदालतको कामकारबाही आउने ३१ जुलाई सम्मको लागि बन्द गरिएको छ ।
कोरोना महामारी तीब्र गतिले फैलंदै गएपछि नयाँ दिल्लीको उच्च अदालतको प्रधानन्यायाधिशको अध्यक्षतामा बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो
यो निर्णय अनुसार आउने ३१ जुलाई सम्मका लागि भारतको अदालती कामकारबाही प्रभावित हुने भएको छ ।
यसबीचमा गहन मुद्दाको सवालमा भने भिडियो कन्फरेन्स मार्फत सुनुवाई हुनेछ भने अन्य मुद्दाको हकमा भने कुनै सुनवाई नहुने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
कैदी बन्दीलाई सुनवाईको क्रममा अदालत ल्याईदा कोरोना संक्रमण फैलन सक्ने भन्दै यस्तो निर्णय गरिएको भारतको उच्च अदालतले जनाएको छ ।





