काठमाडौ, साउन १ (हाकाहाकी)– साझा यातायातले बिहीबारदेखी सेवा सुरु गरेको छ ।
साझाले सम्पूर्ण सुरक्षा प्रवन्ध मिलाएर साझाका २६ वटा बसले काठमाडौं उपत्यकाका ८ वटा रुटमा सेवा दिन सुरु गरेको साझाले जनाएको छ ।
साझाका २६ वटा बसले आजबाट साविककै आठ वटा रुटमा सेवा सुरु गरेका छन् । यात्रुको चाप हेरेर आवश्यकताअनुसार बसहरु थप्दै जाने साझा यातायातले जनाक्एो छ ।
ऋाज देखी लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित सबै रुटमा साझा यातायातका बस संचालनमा आएका हुन् । । साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा लिएर सेवा सुरु गरेको छ ।
यात्रुहरुलाई अनिवार्य मास्क लगाउन, बसभित्र भीड नगर्न, व्यक्तिगत रुपमा दूरी कायम गरेर बस्न र खुद्रा भाडाको व्यवस्था गरेर बस चढ्न साझाले आग्रह गरेको छ ।
गएको सोमबारबाट मयूर, संयक्त, महानगर, स यातायात लगायतका बस कम्पनीहरुले राजधानीमा सार्वजनिक बस चलाउन थालेका छन् । यातायात व्यवसायी कम्पनीका छाता संगठनहरुले बस नचलाउने निर्णय गरे पनि केही कम्पनीहरुले भने निर्णय अवज्ञा गर्न थालेका छन् । सरकारले काठमाडौं उपत्यकासहित सम्बन्धित जिल्लाभित्र मात्रै चल्न पाउने गरी सार्वजनिक सवारी खुला गरेको छ ।





