काठमाडौ, साउन १ (हाकाहाकी)– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस संक्रमितहरुको कडा निगरानी गर्न सुझाव दिएको छ ।
संक्रमण दरलाई बढ्न नदिन तथा सकेसम्म समुदायस्तरमा फैलिन नदिन यस्तो निगरानीको निकै खाँचो रहेको संगठनले जनाएको हो ।
डब्ल्यूएचओले प्रत्येक देशले प्रतिदिन १० लाख मानिसमध्ये कम्तीमा पनि १४० जनाको ‘पीसीआर’ परीक्षण गर्नुपर्ने सुझाव दिएको हो । भारतका विभिन्न २२ संक्रमित स्थानहरुमा प्रतिदिन प्रति १० लाखमध्ये १४० जनामा र कहीँ त्योभन्दा पनि बढी मानिसमा यसको परीक्षण गर्ने गरेको पाइएकोे छ ।





