११६ संक्रमित थपिए, मृत्यु हुनेको संख्या ३९ पुग्यो

काठमाडौ, असार ३१ (हाकाहाकी)– पछिल्लो २४ घण्टामा १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको जानकारी दिनुभयो । यस्तै पछिल्लो २४ घण्टामा ६ सय ९७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

योसँगै निको हुनेहरुको कुल संख्या ११ हजार २५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार भेटघाटका क्रममा मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा देशभरका २६ वटा प्रयोगशालामा ५ हजार ९० जनाको पीसीआर परीक्षण गरिएको जानकारी दिनुभयो ।

बुधबारसम्म देशभरका क्वारेन्टिनमा २४ हजार ५ सय २७ जना रहेका छन् भने ६ हजार १ सय १३ जनाको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार