काठमाडौ, असार ३१ (हाकाहाकी)— आगामी ३ दिनसम्म काठमाडौँ उपत्यकामा भारी बर्षाको संभावना नरहेको मौसमविदले बताएका छन् ।
अपरान्ह सम्म मौषम सफा रहने र मध्यान्ह पछि भने हल्का तथा मध्यम बर्षा हुने संभावना रहेको मौषमबिद् गंगा नगरकोटीले रेडियो हाकाहाकीलाइ बताउनुभएको छ ।
तर मनसुनी वायु कायमै रहेकाले आज दिउँसो एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना छ । मौसमविद गंगा नगरकोटीले ठूलो वर्षा र लगातारको झरीको सम्भावनाचाहिँ आउने ३ तीन दिनलाई खासै नरहेको बताउनुभएको छ ।





