यो बर्ष मनसुनजन्य बिपत्ति अत्यधिक हुने अनुमान

काठमाडौ, असार ३० (हाकाहाकी)— सरकारले यस वर्षको वर्षायाममा मनसुनजन्य विपतका घटना अत्यधिक हुन सक्ने अनुमान गरेको छ ।

असारदेखि असोजसम्म सय दिनमा हुन सक्ने मनसुनजन्य विपतका घटनाको आकलन गर्दै राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना’ बनाएको छ ।

राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति’को बैठकले स्वीकृत गरेको कार्ययोजनामा सम्भावित मनसुनजन्य विपतका घटनाको संख्या ३० लाख उल्लेख गरिएको छ ।

यसमा बाढी तथा डुबान, कटान र पटानसँग सम्बन्धित १२ लाख ५० हजार, पहिरो २ लाख ५० हजार र पानी जन्य अन्य जोखिमसँग सम्बन्धित १५ लाख भनेर छुट्याइएको छ । साउनको मध्यतिर मनसुनजन्य विपत र कोरोना भाइरसको उच्चतम अवस्था एकैपटक आइपर्ने सरकारी आकलन छ ।

‘यस वर्ष साउनको दोस्रो र तेस्रो साता बाढी, पहिरो लगायत पानीजन्य अन्य विपत एकैपटक खप्टिने सम्भावना देखिएको कार्ययोजनामा उल्लेख छ,

यसैबिच , रुपन्देहि र कपिलबस्तु जिल्लामा भारी वर्षा भएकाले साना खोलाहरुमा आकस्मिक बाढी आउनसक्ने भएकाले सर्तक रहन आग्रह गरीएको छ । जल तथा मौसम विज्ञान विभागले पछिल्लो केही घण्टादेखि रुपन्देहि र कपिलबस्तु जिल्लामा भारी वर्षा भएकाले सर्तक रहन आग्रह गरीएको हो ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरे अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तिर सरेको छ।

साथै, अहिले देशभर आँशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको पूर्वानुमानमा उल्लेख छ । प्रदेश ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमानमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार