मेलम्चीमा ड्याम फुटदा दुई बेपत्ता र दुई घाइते

काठमाडौ, असार ३० (हाकाहाकी)— मेलम्ची खानेपानी आयोजनाको ड्याम फुटेर पानीले बगाउँदा दुई जना कर्मचारी घाइते भएका छन् भने दुई जना बेपत्ता भएका छन् ।

मुहानस्थल अम्बाथानको गेट नम्बर १७ स्थित आयोजनाको ड्याम फुटेर पानीले बगाउँदा दुई जना कर्मचारी घाइते भएका छन् भने दुई जना बेपत्ता भएका हुन ् ।

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी पठाईएको आयोजनाले जनाएको छ ।

आज दिउसो गेटको बाँध फुटेर पानीले बगाउँदा दुई जना कर्मचारी घाइते भएका र दुई जना बेपत्ता भएको हेलम्बु गाउँपालिका प्रमुख मिमा ग्लाल्जेङ शेर्पाले जानकारी दिनु भयो ।

उहाँले घाइते हुनेहरु साइट इन्जिनियर शेखर खनाल र साइट एसिस्टेन्ट प्रेमबहादुर तामाङ भएको बताउनु भयो ।

सवारी चालक ५५ वर्षीय राधाकृष्ण थापा मगर र २५ वर्षीय इन्जिनियर सतिश गोइत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक प्रज्जवल महर्जनले जानकारी दिनु भयो । । घाइतेहरुको मेलम्ची अस्पतालमा उपचार भैरहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । गत हप्ता मलेम्ची आयोजनाको सुरुङमा पानी पठाएर परीक्षण गरिएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार