काठमाडौ, असार २९ (हाकाहाकी)— कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७१ हजार ६ सय ८९ पुगेको छ ।
साथै यस संक्रमणबाट विश्वभर १ करोड ३० लाख ४२ हजार ३४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
कोरोना भाइरसका कारण बिरामी भएका ७५ लाख ८८ हजार ५ सय १० जना निको भएका छन् । अहिले विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४८ लाख ८२ हजार १ सय ४१ व्यक्ति उपचाररत रहेका छन् ।
संक्रमितहरुमा ५८ हजार ६ सय ५२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३४ लाख १३ हजार ९ सय ९५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३७ हजार ७ सय ८२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा २८ लाख ९४ हजार ६ सय ११ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५ हजार २ सय ९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४० लाख ७ सय १४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८६ हजार ९० जनाको मृत्यु भएको छ ।
युरोपमा २५ लाख ७१ हजार ६ सय ९८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९६ हजार ५ सय ८१ को मृत्यु भएको छ ।
एसिया २९ लाख ६४ हजार ६ सय ९३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ७० हजार ३ सय ७८ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ५ लाख ९८ हजार २ सय ५९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार २८६ जनाको मृत्यु भएको छ ।
ओसियानामा ११ हजार ६ सय ४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय ३० जनाको मृत्यु भएको छ ।





