काठमाडौ, असार २५ (हाकाहाकी)– सिन्धुपाल्चोकको बा¥हबिसे नगरपालिका वडा नं ५ जम्बुमा, भोटेकोशी नदीमा आएको बाढीले बगाउदा २ जनाको मृत्यु भएको छ ।
१८ जना बेपत्ता भएकोमा दुई जनाको शब भेटिएको त्यहाँका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिनुभयो ।
जम्बु निवासी २० वर्षिय नीकेश बस्नेत र उहाँकी ३ वर्षिय छोराको शब स्थानियले फेला पारेका छन् ।
जम्बुमा गएको बाढीका कारण अरनिको राजमार्गमा क्षति पुगेको खबर छ । प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार त्यसक्षेत्रका १४ घरलाई नदिले बगाएको छ र अझै १६ जना वेपत्ता छन् ।
अहिले भोटेकोशी गाउँपालिका र बा¥हबिसे नगरपालिकाको सम्बन्ध बिच्छेद भएको छ ।
घाइतेहरुको उद्धारका लागि अहिले हेलिकोप्टर पुगेको छ । बाढीले मध्यभोटेकोशी जलविद्युत आयोजनामा पनि क्षति हुन पुगेको छ ।
यसैविच, बाह्रबिसे नगरपालिका ३ खागदलमा बाढीले कच्ची र पक्की गरी २० घर बगाएको छ । बाढीले एक स्कर्पियो, एक ट्रक र एक पानी बोक्ने ट्याक्कर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । यसैगरी जुरे पहिरो अगाडि लगभग सय मिटर सडक पनि खोलाले कटान गरेको छ ।





