Thursday, October 31, 2024

सुदूर पश्चिममा १ हजार १ सय ४४ कोरोना संक्रमित

काठमाडौ, असार ९ (हाकाहाकी)– सुदूर पश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४४ पुगेको छ । सोमबार १ सय ३७ जनामा थप संक्रमण देखिएपछि संक्रमितको संख्या ११ सय ४४ पुगेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ९६ र सेतीप्रादेशिक अस्पतालमा ४१ गरि १३७जनामा कोरोना संक्रमण देखिएको हो । हालसम्मप्रदेशमा १६५ जना संक्रमित डिस्चार्ज भइसकेका छन् ।

संक्रमितमध्ये कैलालीका ३४७, कञ्चनपुरका १०७, अछामका ६७, डडेल्धुराका २०४, दार्चुलाका १३ जना छन् । बझाङका २१, बैतडीका १७२, डोटीका १४२ र बाजुराका७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आरडीटी र पीसीआर विधिबाट हालसम्म १ लाख७हजार २४७जनाको परीक्षण गरिएको छ भने १७हजार ६११ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशभर २९ हजार ९२८ जनाक्वारेन्टिनमा छन् । उनीहरु सबैजसो भारतबाटै आएकाहुन् ।

ताजा समाचार

सम्बन्धित समाचार